linktrix Long Ad
Salt Trading Long Ad

सेफ्टीट्याङ्कीमा फसेको गैडाको उद्धार

767
shares

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्की बाट उद्धार गरिएको छ। होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन्।

आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो। आज बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैँडाको उद्धार गरिएको उनले बताए। अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो।

सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ। राप्ती नदीतर्फ बाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports