पल शाह जेलबाट रिहा, जेलमै पुगे सयौं शुभचिन्तक
वि.सं.२०७९ फागुन १५ सोमवार १३:११
shares

काठमाडौं ।अभिनेता पल शाह जेलमुक्त भएका छन् । नाबालिका बलात्कार आरोप लागेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिए सँगै आज जेलमुक्त भएका हुन् ।
पल विगत एक वर्षदेखि तनहुँ कारागारमा रहँदै आएका थिए । पल अघिल्लो वर्ष आजकै दिन फागुन १५ गते पक्राउ परेका थिए । संयोगले उनी आजकै दिन रिहा भएका हुन् । पललाई स्वागत गर्न उनका सयौँ समर्थक तनहुँ कारागार बाहिर पुगेका थिए । उनका समर्थकहरुले शाहको पक्षमा नाराबाजी समेत गरेका थिए ।




































