राष्ट्रपतिको निर्वाचन भोली बेलुका नै निर्वाचन परिणाम आउने
वि.सं.२०७९ फागुन २४ बुधवार १६:३७
shares

काठमाडौं ।भोलि (बिहीबार) राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनपछि देशले तेस्रो नयाँ राष्ट्रपति पाउनेछ । यसैबीच राष्ट्रपति निर्वाचनका लागि सबै तयारी पूरा भएको छ ।
मतदानका लागि काठमाडौंको नयाँवानेश्व रस्थित संसद् भवनको ल्होत्सेहलमा मतदान केन्द्र तोकिएको छ । दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो । निर्वाचनको मत परिणाम साँझ नै सार्वजनिक हुनेछ ।
मतदान सकिएको तीन घण्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक हुने बताएको छ । मतदानका लागि बिहान १० बजे देखि दिउँसो तीन बजेसम्मको समय तोकिएको छ ।





































