राष्ट्रपतिको सचिवालयमा पाँच सदस्य नियुक्त
वि.सं.२०७९ चैत ३ शुक्रवार ०७:२९
shares

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले चार जनालाई सचिवालयमा नियुक्त गर्नुभएको हो । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले आफ्ना सदावहार सहयोगी तथा सधैं स्वकीय सचिवको भूमिकामा रहनुभएका चिरञ्जिवी अधिकारीलाई निजी सचिव नियुक्त गर्नुभएको छ । यसैगरी नेपाल प्रेस युनियनका पूर्वसचिव तथा लामो समय देखि पौडेललाई सघाउँदै आउनु भएका पत्रकार खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गर्नुभएको छ भने तनहुँ निवासी नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गर्नुभएको छ । त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त हुनुभएको छ ।






































