आमसञ्चार क्षेत्रबारे सुझाव दिन आर्चाय को नेतृत्वमा समिति गठन
वि.सं.२०७९ चैत ३ शुक्रवार ०७:४२
shares

काठमाडौं ।सरकारले आम सञ्चार क्षेत्रको नीति, कानुन तथा नियमनका विषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सदस्यमा महासंघका पूर्वअध्यक्षद्वय गोविन्द आचार्य र महेन्द्र विष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र पत्रकार बबिता बस्नेत रहेका छन् । समितिलाई ३० दिन भित्र प्रतिवेदन बुुझाउने समयावधि तोकिएको छ ।
समिति सँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति निर्माण र कानुन परिमार्जन गर्नु आवश्यक देखिएकाले आम सञ्चार क्षेत्रका विज्ञहरुलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताइन् । समितिको सुझाव प्राप्त भएपछि समावेश गरेर आम सञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गरिने मन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।






































