सत्ताको बलमा सत्ता गठबन्धनले न्याय दवाउन खोज्यो : पूर्वमन्त्री बास्कोटा
वि.सं.२०७९ चैत ३ शुक्रवार १७:०७
shares

काठमाडौं ।नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्ताको आडमा नेकपा माओवादी केन्द्रले जनताको न्याय दबाउन खोजेको आरोप लगाएका छन् । आज शुक्रबार संघीय संसद् भवनमा मतदानपछि पत्रकार सँग कुरा गर्दै उनले जनातालाई न्याय दिन नसक्नेले राजनीति छोड्नुपर्ने तर्क समेत गरेका छन् ।
‘हिंसा गर्ने उहाँहरू, आतङ्क चलाउने उहाँहरू, किरिया बसेकालाई लगेर गोली हानेर मार्ने उहाँहरू अनि मान्छेले न्याय माग्दा एमाले माथि हिलो छाप्ने काम गर्ने, अदालमा सेटिङ गर्ने माओवादीले के राजनीति गर्नु,’ बास्कोटाले भने, ‘उनीहरूले केही गर्न नसकेपछि एमाले माथि हिलो छ्याप्ने काम भइरहेको छ । त्यस्ताले किन राजनीति गर्नु छोडे भैहाल्यो नि ।’
मान्छे मारेको, हिंसा गरेको, पुल भत्काएकाहरूले सत्ताको आडमा मानवअधिकार र न्यायिक अधिकारकोे प्रश्नलाई दबाउन खोज्नु भनेको फेरि जंगली राजको सुरुवात गर्नु भएको उनको टिप्पणी छ । न्यायको प्रश्नमा कसैलाई उन्मुक्ति हुन नसक्ने बताउँदै उनले माओवादीले एमाले माथि हिलो छ्याप्ने काम गरिरहेको आरोप लगाएका हुन् ।





































