विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाद्धारा उत्कृष्ट लघु चलचित्र पुरस्कृत

650
shares

नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता-२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा लघु चलचित्र ‘आर्मी नेभर अफ डिउटी’ परेको छ । उक्त चलचित्रले रु ५० हजार पुरस्कार नगद र सम्मानपत्र प्राप्त गरेको छ । लघु चलचित्र ‘एक संकल्प’ र ‘सेनाको सन्तति’ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट भएका चलचित्रलाई शुक्रबार आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नगद तथा सम्मानपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा लघुचलचित्र मूल्याङ्कनमा संलग्न लगायतका व्यक्तित्वलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports