kumari
stcnepal

जनयुद्ध दिवसकोको विरूद्धको मुद्धामा कारण देखाउ आदेश मुद्धालाई अग्राधिकार

सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर गरेको निर्णयमा सर्वोच्च अदालतले अग्राधिकार सहित कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बुधवार सुनुवाइपछि सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरिएको हो । निर्दोष जनतालाई हत्या गरिएको कार्यलाई उत्सवको रूपमा सरकारले सत्ताको दुरुपयोग गरी जनयुद्ध दिवस मनाउने निर्णय विरुद्ध द्वन्द्वपीडितहरू ज्ञानेन्द्र राज आरण, गंगामाया अधिकारी समेतले रिट दिएका थिए ।

footer