मिटरब्याज पीडितलाई छानबिन समिति गठन
वि.सं.२०७९ चैत २३ बिहीवार ११:३५
shares

काठमाडौं । मिटरब्याज पीडितले न्याय खोजेका थिए । पटक पटक देशका मिटरब्याज पीडित राजधानी आएर न्याय मागिरहेका छन्, भ्रम फैलाउन खप्पीस सत्ताधारीले तीन सदस्यीय छानबिन समिति गठन गरेर फेरि एकपल्ट झुक्याएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा गत सोमवार अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र गणेशबाबु अर्याल रहने गरि छानबिन समिति गठन गरेर मिटरब्याज पीडितलाई भुलभुलैयामा पारेको छ । भनिन्छ, पीडक सांसद र सरकारमा समेत छन् ।
आयोग बन्यो, आयोगलाई ३ महिनाको समय दिएर समितिलाई मिटरब्याजी पीडितहरुको समस्या समाधान हुनेगरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्न अनुमति दिएको छ ।
साथै बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय गरेको छ । राजनीतिक उतार चढाव बुझ्नेहरु भन्छन्– सत्ताको सुइरो कुनबेला कुन दिशातिर फर्कन्छ, थाहा छैन । यस्ता आयोगले कुनै लछारपाटो लगाउँदैन ।





































