linktrix Long Ad
Salt Trading Long Ad

दाहाल सरकार पनि सरकारका लागि सरकारमात्र

754
shares

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म सत्ता गठबन्धनको सरकारको न्यूनतम साझा कार्यक्रम समेत ल्याउन सकेको छैन । सरकारको कार्यक्रम के हो ? अहिलेसम्म प्रष्ट भएको छैन । तर प्रधानमन्त्री दाहाल भने वितेका तीन महिनामा महत्वपूर्ण कार्य भएको दाबी गरिरहेका छन् । दाहालका अनुसार मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रका समस्या समाधानको लागि मौद्रिक नीतिमा सहजीकरण गरेको छ । राजस्वमा सुधार आएको छ । विदेशी मुद्रा सञ्चिति बढेको छ र रेमिट्यान्समा पनि सुधार भएको छ भन्दै सेवा प्रवाहमा लामा लामा लाइन हटेको र लाइसेन्स लगायतका काममा सेवाग्राहीहरुले भोग्दै आएको झन्झट हटेको बताउँदै आएका भएपनि त्यसमा केही सुधार भएपनि अहिले पनि जनताले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।
दाहाल सरकारले कुटनीतिक क्षेत्रमा सम्बन्ध सुधार गरेको बताएको भएपनि आजसम्म परराष्ट्रमन्त्रीसम्म बनाउन सकेका छैनन् भने आफ्नो विदेश भ्रमण भारतबाट हुने भनेपनि भ्रमणको टुँगो लागेको छैन । यसैबीच प्रधानमन्त्री दाहालले चीनमा आयोजित बाओवो सम्मेलन र कतारमा आयोजित अतिकम विकसित मुलुकहरुको सम्मेलनमा भाग लिने कार्यक्रम समेत स्थगित गरेका छन् । प्रधानमनत्रीले भाग लिन नसकेको खण्डमा परराष्ट्रमन्त्रीले भाग लिन सक्ने भएपनि आजसम्म परराष्ट्र समेत छान्न सकेका छैनन् ।
प्रधानमन्त्रीले आफूलाई सहज हुने गरी राष्ट्रिय सहमतिको नारा अगाडि सारेका भएपनि प्रमुख सम्वैधानिक पदहरुमा विभिन्न दलका नेताहरु पुगेका छन् । कांग्रेसबाट राष्ट्रपति एमालेबाट सभामखु र राष्ट्रिय सभाका अध्यक्ष उपराष्ट्रपतिमा जसपाका नेता, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुख रहेका छन् । धेरै नेताको दाबी रहने मन्त्री बाँडफाँडामा समेत असन्तुष्टि रहेको छ । अहिलेको मन्त्रालयको भागवण्डाको किचलो पार लगाएपनि भविष्यमा सरकारको कार्यसम्पादन प्रभावित हुन सक्ने सम्भावना जिवितै रहेको छ ।
दाहालले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलसँग एक पटक पनि वार्ता गरेका छैनन् । प्रमुख विपक्षी दल नेकपा एमाले बलियो प्रतिपक्षी भएकाले उसको सहयोग विना दाहाल सरकारलाई अघि बढ्न फलामको च्युरा चपाउनु् सरह हुनसक्छ । १० तिर मुख फर्काएर सरकारलाई समर्थन दिएका दलहरु कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने अवस्था रहेकाले गर्दा दाहाल सरकार पनि सरकारको लागि सरकारमात्र भएको छ । यो सरकारले जनताका समस्याहरु समाधान गर्न सक्ने सम्भावना आजसम्म देखिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports