प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक आज बस्दै

481
shares

काठमाडौं । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्धलाई यथावत राखेपनि विनियोजन विधेयक, २०७८ पारित गर्ने सरकारको तयारी छ । समयमै विनियोजन विधेयक पारित नगरेर सरकारले अहिले बजेट होलिडेको अवस्था सृजना गरेको छ ।

भदौ ३१ गतेदेखि सरकारले आफ्नो ढुकुटीबाट एक रुपैयाँ खर्च गर्न पाएको छैन । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न ६ वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७८ माथि छलफल हुनेछ ।

यस्तै बैठकमा सांसद् प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । उहाँले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्रीले नै आर्थिक विधेयकमा दफाबार छलफलको मिति तोक्न प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भन्नका लागि प्रस्ताव पेस गर्नुहुने पनि कार्यसूचीमा उल्लेख छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports