linktrix Long Ad
Salt Trading Long Ad

पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

169
shares

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बिचमा पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।पेरेरा सहरका मेयर मौरिसियो सालाजारले १८ जनाको मृत्यु भएको र अन्य मानिसहरू भत्किएका भवनभित्र पुरिएको जानकारी दिएका छन्। काली सहरमा मात्रै कम्तीमा २० वटा भवन भत्किएका छन् र तीभित्र मानिसहरू च्यापिएको मेयर अलेहान्ड्रो एडरले बताएका छन्। भूकम्पको धक्का देशभरका सहरहरूसहित छिमेकी मुलुक भेनेजुएलासम्म महसुस गरिएको थियो।

भूकम्पका कारण क्विब्डो, पेरेरा र मनिजालेस लगायतका सहरहरूमा भौतिक क्षति पुगेको छ। सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा भत्किएका भवनहरू र मनिजालेस सहरको ऐतिहासिक क्याथेड्रलममा क्षति पुगेको देखिन्छ। जोखिम र पराकम्पको त्रासका कारण धेरै सहरहरूमा भवन खाली गराइएको छ भने देशका ६ वटा विमानस्थलले आफ्नो उडान सेवा बन्द गरेका छन्। चोको क्षेत्रकी गभर्नर नुपिया क्यारोलिना कोर्डोबा-क्युरीले सामाजिक सञ्जाल एक्समा लेख्दै ठुलो भूकम्प गएको र पराकम्पको चिन्ता रहेको बताएकी छन्। उनले क्षेत्रको राजधानी क्विब्डोमा क्षति र मानिसहरू घाइते भएको उल्लेख गर्दै पहिलो आधिकारिक प्रतिवेदन जारी गर्न क्षतिको विवरण संकलन भइरहेको जनाएकी छन्।

भर्खरै पदभार ग्रहण गरेका कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले भूकम्पपछिको आपत्कालीन उद्धार तथा राहतको नेतृत्व आफैँले लिएको घोषणा गरेका छन्। उनले एक्समा लेख्दै भनेका छन्, ‘क्षतिको समन्वय गर्न र प्रभावितहरूलाई सहयोग पुर्‍याउन मैले एकीकृत कमाण्ड पोस्ट स्थापना गर्न आदेश दिएको छु। म आफैँ पेरेरा पुगेर प्रभावितहरूको साथमा उभिनेछौँ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports