linktrix Long Ad
Salt Trading Long Ad

निजामती कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, सिहदरवार ठप्प पार्ने दिए चेतावनी

650
shares

निजामती कर्मचारीहरूका युनियनहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन्। ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने कार्यक्रम पनि सार्वजनिक गरेका छन्। साथै वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ।

कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको उनले बताए। कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षा लगायतका माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ।

कर्मचारीहरूका माग सम्बोधन गरी सरकारले चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने पनि उनले बताए। निजामती सेवामा तहगत प्रणाली लागु गर्ने कि नगर्ने, प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारी हुने कि प्रदेश वा स्थानीय तहका कर्मचारी हुने भन्नेलगायत विषयमा राजनीतिक सहमति बनिसकेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports