linktrix Long Ad
Salt Trading Long Ad

तिन अर्ब त्रृण तिरेपछि नेपाल एयरलाइन्सले माग्यो हर्जनामा छुट

923
shares

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ । उसले ऋणको ब्याजको ब्याज लागेको भन्दै जरिवाना छुट गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ । निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको हो ।

असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । निगम अहिले आम्सिक मुनाफामा रहेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको ऋण भुक्तानी गर्न कठिन भएको भन्दै जरिवना छुट मागेको हो । यी दुवै निकायको ऋणमा निगमाले जहाज खरिद गरेको थियो । अहिलेल निगमसँग चार वटा जहाज छन् । कोभिडको समयमा झण्डै टाट पल्टने अवस्थामा पुगेको निगमले अहिले भने उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको छ ।

कोरोना महामारीको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट एवम् किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमले जनाएको छ । निगमले किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन भनेको छ ।

योभन्दा पहिला असारमा एक अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले प्रेस विज्ञप्तिमा उल्लेख गरेको । जसअनुसार निगमले दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ रकम भुक्तानी भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports