linktrix Long Ad
Salt Trading Long Ad

तनहुँ १ सत्ता गठबन्धनको प्रतिष्ठाको विषय

767
shares

 

काठमाडौ । पर्सी वैशाख १० गते सम्पन्न हुने तीन क्षेत्रको उपनिर्वाचनमा दलहरुले आ आफ्ना उम्मेदवार जिताउन दलहरु सक्रिय भएका छन् । तिनै निर्वाचन क्षेत्रमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आ आफ्नो खडा गरेका छैनन् । त्यही कारणले गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गरेका छन् भने चितवन २ मा समेत कांग्रेसकै उम्मेदवारलाई समर्थन गरेका छन् । बारा २ मा भने कांग्रेस, माओवादी र नेकपा एकीकृतले जनता समाजवादीको अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।
तीन निर्वाचन क्षेत्र मध्येको तनहुँ १ मा गठबन्धनले कांग्रेसका उम्मेदवारको जितलाई प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेसको सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपालले समेत तनहुँ पुगेर भट्टराईलाई मत मागिरहेका छन् । प्रधानमन्त्री दाहालले र तनहुँ १ ले राष्ट्रपति पायो अब रुख चिन्ह हाम्रो साझा चिन्ह भएकाले भट्टराईलाई जिताउनुहोस मन्त्री बनाउँछु भन्ने आश्वासन समेत दिएका छन् ।
रामचन्द्र पौडेलले निर्वाचन जितेको क्षेत्र तनहुँ १ नै भएको र पौडेल राष्ट्रपति बनेकाले गर्दा सो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाइएको छ । स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरी रास्वपाको उम्मेदवार बनेका र वाग्लेले कांग्रेस त्यागको कारण देउवा र आरजु गिरोहको निरन्तर पेलाई र अपमान मुख्य कारण रहेको बताएकाले गर्दा त्यस्तो आरोपलाई सभापति देउवाले गम्भीर रुपमा लिएको हुनाले नै उनीहरु वाग्लेलाई जसरी पनि हराउन लागि परेका छन् ।
संसदको सबैभन्दा ठुलो पार्टी भएपनि कांग्रेसले सरकारको नेतृत्व पाउन सकेन । संसदमा जम्मा ३२ सिट भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका र कांग्रेसले दाहाललाई समर्थन गरेको हुनाले दाहालले समेत कांग्रेसका उम्मेदवारलाई मत मागि रहेका छन् ।
कांग्रेसका अनुसार वाग्लेले निर्वाचन जित्दा ठुलै भूकम्प जाने सन्देश नेताहरुले दिइरहेका छन् । भट्टराई आफैँमा बलियो उम्मेदवार रहेका भएपनि वाग्लेसँग पराजित हुन सक्ने विश्लेषण गरेर प्रधानमन्त्री सहितका नेताहरुले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएका छन् ।
१० राजनीतिक दल र राज्य शक्तिको प्रयोग गरेर भट्टराईलाई निर्वाचित गराउन उनीहरु लागि परेका छन् । राज्यशक्ति नै भट्टराईलाई जिताउन लागि परेको हुनाले रास्वपाको लागि राम्रो स्पेश मिलेको छ । एउटा संसदको जित हारले राष्ट्रिय राजनीतिमा कुनै अर्थ नराख्ने भएपनि सत्ता गठबन्धन भने त्यसलाई प्रतिष्ठाकै विषय बनाएर राज्यशक्तिको दुरुपयोग गर्न लागि परेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports