जग्गाको कित्ताकाट खुल्यो
वि.सं.२०८० वैशाख ८ शुक्रवार ०५:५९
shares

काठमाडौ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले भू उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको छ । जग्गाको कित्ताकाट बन्द हुँदा अंशबण्डा जग्गाको कारोबार र कित्ताकाट सम्बन्धी समस्याको सहजीकरण अब नयाँ नियमावलीले सहज बनाउने भएको छ ।
कित्ताकाट र घरजग्गा कारोबारसम्न्धी भू उपयोग नियमावली २०७९ मा रहेका अप्ठ्याराहरु हटाइएका छन् ।
गत जेष्ठ २३ गते निमायवली जारी हुँदा मंसिर २३ सम्मा कृषि र गैर कृषि क्षेत्र छुट्याई सक्नुपर्ने र त्यसपछि १० भागमा जग्गाको बर्गीकरण गर्नुपर्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएको थियो । मंसिर २३ गते पछि पालिकाहरुले १० वटै भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर वैशाख ४ सम्ममा १ सय ५६ वटा पालिकाकाले मात्र जग्गाको बर्गीकरण गरेको भू व्यवस्थापन तथा अभिलेख विभागको तथ्याँक रहेको छ ।
पालिकाहरुले जग्गाको वर्गीकरण गर्न नसक्दा घर जग्गा कारोबार कित्ताकाटमा कमी आएको थियो । कित्ताकाट रोकिएपनि महिनै पच्छिे घर जग्गा र कित्ताकाटमा राजस्व बढ्दै आएको भूमि विभागको तथ्याँकले देखिएको छ । तर आर्थिक संकट आउनमा घर जग्गाको कारोबार नै मुख्य कारण रहेकाले त्यसलाई सच्चाउनुपर्ने भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले सार्वजनिक रुपमै बोल्दै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा समेत अर्थमन्त्री डा. प्रकाश शरण महतले जग्गा कित्ताकाट हुन नसक्दा अर्थमन्त्रमा संकट आएको बताएका थिए । यस विषयमा आफूले प्रधानमन्त्रीसँग छलफल गरिरहेको भन्दै जग्गाको कित्ताकाट हुन नसक्दा जग्गा र निर्माणमा देखिएको मन्दीलाई कम गरेर अर्थतन्त्रलाई चलाएमान बताउनुपर्ने अर्थमन्त्रीले बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत घर जग्गाको कित्ताकाट नहुँदा समस्या देखिएको बताएका थिए ।






































