linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बुझायो बिभिन्न समितिमा रहने सांसदहरूको नाम, कुन समितिमा को ?

611
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ।प्रतिनिधिसभाका दश वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम
नामावली अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर वैरागीको नाम पठाएको छ।

अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि पठाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम पठाएको छ। त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाएको छ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ। महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीलाई पठाएको छ।त्यस्तै राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ।

पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईको नाम सिफारिस गरिएको छ। सार्वजनिक लेखा समितिमा भने योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports