linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीको आक्रोश पछि पूर्वराजाको सचिवालयले बोल्यो, हिमानीले सामाजिक सञ्जाल चलाउँदिनन

585
shares

पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने बताएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमानीको फेक अकाउन्टलाई उद्धृत गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए। बुधबार झापा पुगेका ओलीलाई कोशी नामकरण विरूद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले कालो झन्डा देखाएका थिए भने एक ठाउँमा उनी सहभागी भएको कार्यक्रममा ढुंगामुढा समेत भएको थियो।

हिमानीको उक्त फेक अकाउन्टले ढुंगामुढा भएको भिडिओ राख्दै ओलीलाई ठिक भएको लेखेको थियो। त्यसैको हवाला दिँदै ओलीले छोरा-बुहारीलाई अगाडि सारेर पूर्वराजा ज्ञानेन्द्रले फुरफुर गरेको बताएका थिए। ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

पूर्वराजा शाहको सचिवालयले यसअघि नै राजपरिवारका सदस्यले सामाजिक सञ्जाल नचलाउने स्पष्ट पारिसकेको दोहोर्‍याएको छ।पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीका नाममा फेसबुक र ट्विटरमा विभिन्न फेक अकाउन्टहरू सक्रिय छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports