kumari
stcnepal

हिमालयन बैकका सस्थापकहरूको शेयर बिक्रिमा

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ११ लाख ११ हजार कित्ता बढी सेयर बिक्री गर्न लागेको हो । बैंकले संस्थापक सेयरधनी जुनी गुरुङको नाममा रहेको ६ हजार ३४७ कित्ता, लाल काजी गुरुङको ३१ हजार ७४५, स्वदेश गुरुङको ६ हजार ३४७, अम्बिका मोहन जोशीको ३ हजार ६७६ कित्ता, जोग लाल लामाको २ लाख २५ हजार ७२४, सुमन श्रेष्ठको ३८ हजार ८७४, नारायण प्रसाद रिमालको ६३ हजार ६९५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, संस्थापक सेयरधनी हिमाल बिक्री मल्ल ठकुरीको नाममा रहेको २ लाख ४४ हजार ७४३ कित्ता, प्रेम ध्वज लामाको १ लाख ४७ हजार ४४५, जयन्द् लाल श्रेष्ठको २० हजार ८८३, काशिराम ढकाल ९०४, बजरंग मारवाडी १९ हजार ७४६, जगदिश कुमार अग्रवालको १ लाख ४८ लाख १५१, सुनिता अग्रवालको १ लाख ४८ लाख १५१ र हरि प्रसाद प्रसाईको ५ हजार २८८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सो संस्थापक सेयर खरिदका लागि बैंकको हाल कायम रहेका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, कमलादी स्थित कानून तथा सेयर विभागमा दिनुपर्नेछ ।

तोकिएको मिति भित्र बैंकको संस्थापक सेयरधनीहरु बाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रैता अनुसार फरक फरक रहेकाले मूल्य सम्वन्धी जानकारीका लागि केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

footer