linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य नयाँ रेकर्ड कायम, कत्तिमा किनबेच भइरहेको छ ?

728
shares

काठमाडौं । सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान बनाएको छ । बुधबार छापावाला सुन तोलामा  हजार २०० रुपैयाँ बढेर बिहीबार १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँको पुगेको थियो । बुधबार छापालवाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports