linktrix Long Ad
Salt Trading Long Ad

हेलिकप्टर दुर्घटना : एकको निधन, ३ घाईतेलाई काठमाडौं ल्याइयो

793
shares

काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेम ध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थल बाट उद्धार गरेको हो । यसमध्ये भविन्द गुरुङको मृत्यु भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports