पूर्वराजा भारतको लखनउतर्फ प्रस्थान
वि.सं.२०८० वैशाख २२ शुक्रवार १७:२५
shares

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गरेका छन्। उनी नेपालगञ्जबाट सडक मार्ग हुँदै केही दिनका लागि लखनउ गएको उनको सचिवालयले जानकारी दिएको छ।
निजी भ्रमणका क्रममा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित केही नेताहरुलाई भेट्नसक्ने उनी निकट स्रोतले जानकारी दियो। पूर्वराजा शाह केही दिनदेखि नेपालगञ्जमा रहेका आसपासका केही जिल्लाहरुको भ्रमणमा थिए। नेपालगञ्जमा उनको यही वैशाख २० गते नागरिक अभिनन्दन गरिएको थियो।






































