linktrix Long Ad
Salt Trading Long Ad

लाल आयोगको प्रतिवेदन ३ दिन भित्र सार्वजनिक नगरे प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुति पार्टीको चेतावनी

728
shares

नागरिक उन्मुक्ति पार्टीले ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत उक्त पार्टीले दिएको छ।

‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालय सँग होइन। सिंहदरबारसँग हो। प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ। दोहोर्‍याएर फैसला हुँदैन,’ नेता लक्ष्मण चौधरीले भने। लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने चौधरीले बताए।

उनले टीकापुर घटनामा दोषी ठहर भइ जन्म कैदको सजाय काटिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै आजबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताए। ३ दिनभित्र आयोगको प्रतिवेदन सार्वजनिक नगरे जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने उनले चेतावनी दिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports