रेशम चौधरीको रिहाईको माग गर्दे नागरिक उन्मुत्ति पार्टीले आन्दोलन गर्ने चार दिन नेपाल बन्दको घोषणा
वि.सं.२०८० जेठ ३ बुधवार १५:४०
shares

काठमाडौं। टीकापुर हत्याकाण्डमा मुख्य अभियुक्त रेशम चौधरीलाई रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गरेको छ ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ ३, ४, र ५ गते देशव्यापी राँके जुलुस निकाल्ने र ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरिएको छ ।
पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।





































