विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट घोषणा पछि चलचित्रकर्मी रिसाए, बजेट नसच्याए आन्दोलन गर्ने घोषणा

624
shares

सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेपाली चलचित्रकर्मीहरुले आन्दोलनको चेतावनी दिएका छन् । सरकारले चलचित्र उद्योगलाई निराश बनाउने खालको बजेट ल्याएको भन्दै असन्तुष्ट चलचित्रसम्बद्ध आठवटा संघसंस्थाले आज संयुक्त विज्ञप्ति निकालेर आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । उनीहरुले आर्थिक वर्ष २०८०–८१ को बजेटमा चलचित्र क्षेत्रलाई न्यायोचित सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, चलचित्र नृत्य संघ, द्वन्द्व कलाकार संघ र चलचित्र पत्रकार संघले निकालेको संयुक्त विज्ञप्तिमा चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अहिलेको अवस्थामा धरासायी हुनेगरी बजेटमा उपेक्षा गर्नु सरकार उद्योगप्रति उत्तरदायी र जिम्मेवार नरहेको ठहरिएको उल्लेख छ ।

त्यस्तै, विज्ञप्तिमा तत्काल सम्बन्धित निकायले प्रक्रियाअनुसार बजेट संशोधन गरी चलचित्र उद्योगलाई चित्त बुझ्नेगरी बजेट विनियोजन गर्न पनि माग गरिएको छ । २०२६ सालमा बनेको चलचित्र नीति आजका दिनसम्म नेपाली चलचित्र उद्योगले पछ्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै तत्काल विगत एक दशक देखि रोकिएर बसेको चलचित्र नीति लागू गरी विकास बोर्डलाई स्वायत्त बनाउन पनि फिल्मकर्मीहरुको माग छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports