linktrix Long Ad
Salt Trading Long Ad

तराईका जिल्लामा लुको खतरा, सर्तकता अपनाउन मौसम विद्धको आग्रह

663
shares

काठमाडौं । मध्य तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात लु चल्ने खतरा छ । ‘खासगरी मध्य तराई र आसपास जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। त्यसकारण सतर्क रहन जुरूरी छ ।’ उनले भनिन् ।

आज शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। काठमाडौँ उपत्यकामा बिहानै देखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ । गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुने हुँदा यस्तो सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ । पछिल्लो ५ दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लागेकाले अधिकतम तापक्रम बढेकाले बढी गर्मी महसुस भएको मानन्धरले जानकारी दिइन् ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । साथै पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उनको भनाइ छ । उनले भनिन्, ‘देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन।’ उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार मनसुन नभित्रिएसम्म अर्थात असारको पहिलो सातासम्‍म तापक्रम केही दिन बढ्ने देखिन्छ । मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने केही दिनमा छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports