प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग भोली संसदीय सुनुवाई समितिका सदस्यहरूको सवाल – जवाफ हुने
वि.सं.२०८० जेठ ३२ बिहीवार ११:३२
shares

काठमाडौं । संसदीय सुनुवाई समितिको बैठक सकिएकाे छ। बिहीबारको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्ययोजना पेश गरेका थिए । कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका छन् । आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए । कार्कीले सेवाग्राहीबाट प्राप्त राय सल्लाह सम्बन्धित पक्षमा पुर्याउने, सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् ।
संसदीय सुनुवाई समितिले कार्कीसँग शुक्रबार सवाल जवाफ गर्ने भएको छ । सवाल जवाफ बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्की विरुद्ध २९ वटा उजुरी परेको छ । उनी विरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्ता सँग हिजो बुधबार छलफल गरेको थियो । गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश लागि कार्की सिफारिस भएका थिए । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।






































