उपप्राध्यापक चलाउने माथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय बिरूद्ध सर्बोच्चले मुद्धा फिर्ता नलिन दियो अन्तरिम आदेश
वि.सं.२०८० असार ७ बिहीवार १६:२१
shares

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन् । चलाउनेको तर्फबाट अधिवक्ता खतिवडा लगायतले बहस गरेका थिए ।
अदालतले प्राध्यापक चलाउने माथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरु विरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेश समेत जारी गरेको छ ।






































