गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वेष्टइन्डिजले दियो नेपाललाई ३ सय ४० रनको बिशाल लक्ष्य

637
shares

काठमाडौं। जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट अन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो। वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले सतक बनाए। पुरानले एक सय १५ रन जोडे भने होप १ सय ३२ रनमा अविजित रहे।

उनीहरुले चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरेका थिए। उनिहरुले २८.३ ओभर खेल्दै उक्त साझेदारी गरेका हुन्। ९ रन जोड्दा २ विकेट गुमाएको वेस्ट इन्डिजले सुरुको १० ओभरमा केवल ३० रन मात्र जोडेको थियो। नेपालका ललितनारायण राजबंशीले ३ तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए। करनले १० ओभरमा ८१ रन खर्चिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports