linktrix Long Ad
Salt Trading Long Ad

बजेट कार्यान्वनका लागि अर्थमन्त्रालयले ८१ बुँदे मार्गदर्शन जारी गर्यो

598
shares

काठमाडौँ । बजेट कार्यान्वनका लागि अर्थमन्त्रालयले ८१ बुँदे मार्गदर्शन जारी गरेको छ । बिहीबार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो।

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शन मार्फत निर्देशन दिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियम लगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शन मार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports