राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै
वि.सं.२०८० साउन ५ शुक्रवार ०७:३८
shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
राप्रपाको जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेको हो । दिउँसो १ः३० बजे भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्क स्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको माग गर्दै विरोध प्रदर्शन गर्न लागिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताएका छन् ।





































