प्रहरी स्कर्टिङमा काठमाडौँ बाट फोहोरका गाडी बञ्चरे डाँडामा
वि.सं.२०८० साउन ५ शुक्रवार १५:०८
shares

काठमाडौँ । सरकारले प्रहरी स्कर्टिङमा काठमाडौँ बाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो ।
‘प्रहरी परिचालन गरेर फोहोरका गाडी त्यसतर्फ पठाइएको छ ।’ एआइजी ज्ञवालीको भनाइ छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीय सरकारले आफु सँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फोहोर फाल्न अवरोधमा उत्रेका हुन् । अवरोध हटाउन बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय सँग सरकारले वार्ता गरेपनि सहमति हुन सकेको थिएन ।






































