विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टी बीच एकीकरण भयो

1.29K
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टी बीच एकीकरण भएको छ । आइतवार जनकपुरधाममा एक समारोह बीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेशवादी दलहरुले आफू सँग धोखाधडी गरेको आरोप लगाए । उनले जनकपुर जान नदिनका लागि मधेशवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए । नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेशको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports