linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने

702
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए ।

त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports