linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने

754
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने नेताहरुले बताएका छन् ।नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैत भित्र गर्ने प्रस्ताव छ । यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ ।

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आज देखि सुरु हुँदै छ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ । केन्द्रीय समिति बैठक अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराएका थिए । सो एजेण्डामा विधान अधिवेशन र विशेष महाधिवेशनको समेत प्रस्ताव छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports