linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीन मन्त्रीले लिए सपथ

741
shares

काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले सपथ लिए सँगै सानो मन्त्रिपरिषद् बनाएका छन् । मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् । सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि सपथ लिएका हुन् । मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports