माओवादीको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखे
वि.सं.२०८० साउन १७ बुधवार १७:४९
shares

काठमाडौँ । नेकपा माओवादीको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए । बैठक भोलि बिहान ११ बजे बस्नेछ ।






































