विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रमुख दलहरूले ठुलाठुला काण्डहरू सत्ताधारी दलको सहमतिमा फास्फुस् पार्ने सहमति गरे : अध्यक्ष थापा

1.47K
shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिन्डिकेट खडा गरी प्रमुख दलहरूले राज्य संयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् । थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुन तस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरेका हुन् ।

पार्टीको काठमाडौँ महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्र नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए । राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित हैन, जनता केन्द्रित भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सङ्कल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे ।

मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिवर्तन, महँगीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे । कार्यक्रममा विभिन्न नवप्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports