आज आइतबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
वि.सं.२०८३ असार २१ आइतवार ०८:४८
shares
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा अवस्थित छ ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै, तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेशका पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एकदुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा स्थानमा, कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।






































