विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसिया कप : सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई सहजै हरायो

624
shares

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत ‘सुपर फोर’ को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो रवाफ कायम राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले ६३ बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो।

लाहोरमा भएको खेलमा पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। पाकिस्तानको सहज जितमा मोहम्मद रिजवानले ६३ रनको नटआउट इनिङ खेल्दा इमाम उलहकले सर्वाधिक ७८ रन बनाए। त्यस्तै ओपनर फखर जमामले २० रन बनाउँदा कप्तान बाबर अजाम १७ रनमा आउट भएका थिए। रिजवानलाई अघा सलमानले १२ रनको अविजित इनिङमा साथ दिएका थिए। बंगलादेशका लागि तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १-१ विकेट लिएका थिए।

त्यसअघि बंगलादेशले मुस्फिकर रहिमले ६४ रनको इनिङ खेल्दा १९४ रनको लक्ष्य दिन सफल भएको थियो। उनी बाहेक कप्तान सकिब अल हसनले ५३ रन बनाए। यि दुई बाहेक मोहम्मद नावीले २० रन बनाउँदा लिटन दासले १६ तथा समिम होसेइनलेपनि १६ रनको इनिङ खेलेका थिए। त्यस्तै अफिफ होसेइन १२ रनमा आउट भए। ४७ रनमा चार विकेट गुमाएको बंगलादेशलाई पाँचौ विकेटका लागि सकिब अल हसन र मुस्फिकर रहिमले १०० रनको साझेदारी गरेका थिए। तर साकिब आउट भएपछि बंगलादेश समालिन सकेन। बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका लागि हरिस रउफले ४ विकेट लिंदा नसिम साहले ३ तथा सहिन सा अफ्रिदी, फहिम असरफ र इफ्तिखर अहमेदले समान १-१ विकेट लिएका थिए। अब अर्को खेलमा बंगलादेशले श्रीलंकासँग शनिबार प्रतिस्पर्धा गर्दा पाकिस्तानले भारतसँग आइतबार खेल्ने छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports