२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढीमा हराएका र परिवार गुमाएका पत्रकारलाई नेपाल पत्रकार महंसंघले १ /१ लाख आर्थिक सहयोग गर्ने

117
shares

काठमाडौं, असोज २ । नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार सम्पर्कविहीन हुनुभएका नयाँ पत्रिका शाखाका सदस्य तथा महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

त्यसैगरी, परिवार तथा घरवाससमेत गुमाउनुभएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई पनि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको महासंघले जनाएको छ।भोटेकोशी बाढीबाट प्रभावित अन्य पत्रकार तथा सञ्चारमाध्यमका हकमा भने सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्याङ्क, विवरण तथा आवश्यकताका आधारमा मापदण्ड तयार गरी सोहीअनुसार सहायता वितरण गरिने महासंघले जनाएको छ।

महासंघले विपद्को यस कठिन समयमा सहयोग गर्न इच्छुक आफ्ना सदस्यहरूलाई पत्रकार महासंघको विपद् कोषमा सहयोग रकम जम्मा गर्नसमेत आग्रह गरेको छ।

महासंघका महासचिव दाहालले विपदबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई महासंघले प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports