२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेस आजदेखी महाधिवेशनमा होमिदै, भोली सम्म वडा अधिवेशन

117
shares

नेपाली कांग्रेस आजदेखि महाधिवेशनमा होमिने भएको छ । ​१५औं महाधिवेशनअन्तर्गत कांग्रेसले आजदेखि वडा अधिवेशन शुरू गर्न लागेको हो ।

आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ । वडा अधिवेशनले वडा कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ।क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ ।वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नं १ बाहेक अन्य ठाउँमा वडा अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिए ।

कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी हुने छैन । समूहले आगामी मंसीरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ । गत पुसमा भएको विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports