नत सुशासन कायम भयो नत पारदर्शिता नै ?
बालेन सरकारप्रति रास्वपाकै नेता र जेनजीहरुको असन्तुष्टि ?
वि.सं.२०८३ भदौ २५ बिहीवार १५:२८
shares

काठमाडौ । गत साल भाद्र २३ र २४ गते भएको विध्वसकारी घटना र त्यसपछि भएका षड्यन्त्रपूर्ण घटनाले गर्दा मुलुक संकटको भूमरीमा पर्दै गएको छ । २०८२ भाद्र २३ गते जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गरेपनि मुलुकको लागि त्यो घातक सावित भएको छ । गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा रास्वपा सबै भन्दा ठुलो पार्टीमात्र बनेन झण्डै दुई तिहाई मत पाएर सरकारको नेतृत्वमा पुगेको छ ।
भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएका बताउने सुधन गुरुङ अहिले गृहमन्त्री रहेका छन् भने आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साह प्रधानमन्त्री रहेका छन् ।
हालका गृहमन्त्री सुधन गुरुङ सहितका व्यक्तिहरुले २०८२ भाद्र २३ गते जेनजीहरुको विरोध प्रदर्शन गर्न काठमाडौ सिडियो कार्यालयमा अनुमतिको लागि निवेदन दिएका थिए । तर तिनै गुरुङले आफूँ पानी बाड्नमात्र आएको नेता नभएको सार्वजनिक रुपमै सञ्चारमाध्यममा बताएका थिए । आफँै कार्यक्रमको लागि अनुमति माग्ने अनि आफुँ पानी बाड्न मात्र आएको बताएका हुनाले ‘दालमा कुछ काला है’ भन्ने प्रष्ट भएको छ ।
भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा किन क्याम्पस र विद्यालयका विद्यार्थीहरुलाई स्कूलपोसाकले नै माइतीघरमा ल्याएर छाडे, सो कुरा अभिभावकले समेत थाहा पाएनन् अभिभावकले आफ्ना बालबालिकालाई विहान स्कूल पठाएका थिए । तर क्याम्पस र स्कूल प्रशासनले किन माइतीघर पठाए ? त्यस विषयमा आजसम्म कुनै छानविन र अनुसन्धान समेत भएन किन ?
भाद्र २३ गतेको आन्दोलन सुशासन र पारदर्शिताको लाग गरिएको थियो तर भित्र भित्रैसत्ता पल्टाउने खेल भएको तथ्य जब विरोध प्रदर्शन माइतीघरबाट सुरु भयो विजलीबजार, नपुग्दै हातमा टिओबी लेखेका व्यक्तिहरु मोटरसाइकलको साइलन्सर हटाएर मोटरसाइकल पड्काउँदै भद्रकाली मन्दिरबाट माइतीघर हुँदै बानेश्वरतर्फ लागे । उनीहरु बानेश्वर पुग्दा सम्म विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा थियो । तर उनीहरुले नै प्रहरीले राखेको व्यारिकेट हटाएर विद्यार्थी भाइबहिनीहरुलाई अगाडि बढ्नु भनिरहेका थिए ।
जब उनीहरु संसद भवनको ढोकामा पुगेर ढोका भत्काउन थाले तब गोली चल्यो । त्यही गोलीका कारण काठमाडौमा १९ जनाको निधन भयो भने इटहरीमा गोली चलेर २ जनाको निधन भयो ।
भाद्र २३ गतेको गोली काण्डको विरोध गर्न भाद्र २४ गते भेला भएका व्यक्तिहरुले विध्वसात्मक कार्य गरेका थिए । भाद्र २३ गते नै सहकारी ठगीमा अदालतको आदेशनुसार पुर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रास्वपा नेता मनिष झाले नेतृत्वमा गएको भिडले जेलमुक्त गराएको थियो ।
रवि जेलमुक्त भएपछि उनी पर्दाभित्रै रहेर रास्वपाका नेता तथा कार्यकर्ताहरु समेत सिंहदरबारमा आगजनी गर्न सक्रिय भएका थिए । त्यसमा तोसिमा कार्की सहितका धेरै रास्वपाका नेता तथा कार्यकर्ताहरुले ‘देखिस् ओली तेरो सिंहदरबारमा आगो लगाइदियौँ’ भन्दै बल्ल प¥यो माकुरी जालैमा भन्ने गितमा नाचगान गरिरहेका थिए । तर सिंहदरबारभित्र रहेको नेपाली सेनाले रमिता हेरेर बसिरहेको थियो ।
सो दिन सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, राजनीतिक दलका शिर्ष नेताहरुका निवास केही व्यावसायिक भवनहरु समेत आगजनी भयो भने मुलुकभरमै त्यस्ता अप्रिय घटना घटाइयो । यी सबै घटनाहरु एक दुई दिनको तयारीमा एकै पटक एउटै समयमा हुन सक्ने सम्भावना नै देखिँदैन । त्यसैले भन्न सकिन्छ कुनै गिरोहको इसारामा लामो तयारी पछि जेनजीहरुको विरोध प्रदर्शनको बहानाबाजी गरेर मुलुक ध्वस्त बनाउने षड्यन्त्र गरिएको थियो भनेर ।
जेनजीहरुको विरोध प्रदर्शनलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्नेहरुले नै अहिले सत्ता सञ्चालन गरिरहेको भएपनि जेनजी अगुवाहरुले सरकारको काम कारबाहीलाई लिएर अहिले विरोध गरिरहेका छन् भने उनीहरुलाई सरकारले वेवास्ता गर्दै आएको छ । जेनजीहरुले त्यसबेला सुशासन र पारदर्शिताको माग गरेका थिए तर अहिले न सुशास कायम भएको छ नत पारदर्शिता नै ।
प्रधानमन्त्री बालेन रास्वपाका वरिष्ठ नेता समेत रहेका भएपनि रास्वपाकै कतिपय नेताहरुले प्रधानमन्त्रीको काम कारबाहीलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन् भने अहिले पनि जेनजीहरुले जेलमा रहेका छन् भने जेनजीहरुलाई देखाएर फागुन २१ गते भएको संसदीय निर्वाचमा रास्वपामा प्रवेश गरेर निर्वाचित भएका व्यक्तिहरु नै सत्तामा रहेका छन् । तर उनीहरुको काम कारबाही प्रतिशोधपूर्ण रहेको आरोप उनीहरुमाथि लाग्दै आएको छ ।
प्रधानमन्त्री बालेन कुनै अँध्यारो कोठामा बसेर स्टाटसमार्फत पूराना भनिएका दलका शिर्ष नेताहरुलाई गाली गलौज गर्दै आएको हुनाले उनैको सिको गर्दै कार्यकर्ताहरुले स्टाटसमार्फत विपक्षीहरुलाई मानमर्दन गर्दै गालीगलौज गरेका छन् । त्यही कारणले गर्दा नत सुशासन कायम भयो नत पारदर्शिता नै ? सुशासन र पारदर्शिता कायम हुन नसकेको भएपनि भ्रष्टाचारका विषयमा भने अहिलेसम एक दुई बाहेक अन्य सुनिएको छैन भने प्रधानमन्त्रीका विरुद्ध भ्रष्टाचारको आरोप लागेको नभएपनि केही मन्त्रीहरुको विरुद्ध भ्रष्टाचारका आरोपहरु जेनजीहरुले नै लगाउन थालेका छन् ।
बालेन सरकारलाई अहिलेसम्म सुरक्षा निकायको राम्रो सहयोग गरेको छ त्यसमा पनि नेपाली सेनाले । नेपाली सेनाले पनि भाद्र २३ र २४ गतेको घटनामा महत्वपूर्ण भूमिका निभाउन नसकेको आरोप उमाथि लाग्दै आएको छ । सुशिला कार्की नेतृत्वको सरकार गठन गर्न सेनाले महत्वपूर्ण भूमिका निभाएको र सुशिला कार्की नेतृत्वको सरकारले गराएको गत फागुन २१ गतेको संघीय संसदको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत पाएकोमा सुरक्षा निकायको त्यसमा पनि सेनाको महत्वपूर्ण भूमिका रहेको छ ।
प्रधानमन्त्री बालेनलाई जेनजीहरुले खोज्न थालेको भएपनि उनी जेनजीहरुलाई भेट गर्न तयार देखिँदैन त्यसको कारण के हुन सक्छ ? त्यही कारणले गर्दा बालेन सरकारप्रति जेनजीहरु नै असन्तुष्ट रहनुको कारण के हुन सक्छ ? भन्ने प्रश्न समेत उठेको छ ।



































