२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेको उच्चस्तरीय भेटवार्तामा नेपालको झण्डा नै गायव

143
shares

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँगको भेटवार्तामा नेपाली झण्डा नराखेको विषयले सरकारी व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

बिहीबार साँझ नयाँदिल्लीमा भएको एक्लाएक्लै वार्तामा भारतीय समकक्षी सीतारमणतर्फ भारतीय झण्डा राखिएको भए पनि अर्थमन्त्री वाग्लेतर्फ नेपाली झण्डा देखिएन ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा समेत दुवैतर्फ भारतीय झण्डा राखिएको थियो । डिजिटल बोर्डमा भने नेपाल र भारत दुवैका झण्डा देखाइएको थियो । द्विपक्षीय उच्चस्तरीय भेटवार्तामा दुवै देशका झण्डा राख्ने प्रचलन रहेकाले यस्तो आधारभूत प्रोटोकलमा समेत सरकारको तयारी कमजोर देखिएको भन्दै प्रश्न उठेको छ ।

विदेश भ्रमणमा नेपाली झण्डाको व्यवस्थापन परराष्ट्र मन्त्रालय तथा सम्बन्धित नेपाली दूतावासको जिम्मेवारीमा पर्ने भएता पनि यस विषयमा नेपाली सरकारी पक्षले गम्भीर लापरबाही र हेलचेक्र्याईं गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports