भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रसंघमा गुहार लगाएपछि नेपालले न्याय पाउला ?

325
shares

 

भनिन्छ, ढिकीले स्वर्गमा पनि धानै कुट्छ । म काम गर्न आएको हुँ भन्ने प्रधानमन्त्री बालेन साह राष्ट्रसंघमा उभिएर जलवायु परिवर्तनबाट नेपालले भोगेको अन्यायको आवाज उठाउने छन् र न्यायको माग गर्नेछन् । हेर्नुछ, माथिको उखान र प्रम बालेन साहको फुइँकीलाई विश्वले सुन्छ कि सुन्दैन, नेपाललाई न्याय दिलाउन सक्षम हुन्छन् कि हुँदैनन् ।
त्यसै पनि नेपालमा हिमपहिरो फुटेर आएको बाढीले महाविपद् निम्त्याएको छ । त्यो महाविपद्को जानकारी विश्वलाई छ र विश्वभरिका मुलुकहरुले जसले जे सक्छ, त्यही रुपमा नेपाललाई राहत र उद्धारमा सघाइरहेका छन् । नेपालले पाएको राहतले मात्र ध्वस्त भएको पूर्वाधार र घरका न घाटका भएर बाँचेका नेपालीको जीवनलाई उठाउन सक्दैन । नेपाललाई ठूलो धनराशी, साधन स्रोत आवश्यक छ । नेपालले जलवायु विपद् वित्तसम्बन्धी न्याय पायो, विश्वले नेपाललाई दिनुपर्छ भन्ने विषयमा प्रम बालेन साहको अभिव्यक्तिबाट प्रभावित हुनसके भने पक्कै नेपालले खोजेको न्याय पाउन सक्नेछ ।
यसैका लागि प्रम बालेन साह राष्ट्रसंघको तुफानी भ्रमणमा जान लागेका हुन् । उनी अमेरिका पुगेर फोटो सेसनमा भुल्ने छैनन् । आफ्नो मिसनमा दत्तचित्त भएर लाग्नेछन् र राष्ट्रसंघमा संवोधन र केही राष्ट्राध्यक्ष सरकार प्रमुखहरुसँग भेटवार्ता गरेर फर्कनेछन् ।
अब हेर्नुछ, लक्का छोरोलाई के को धक्का ? प्रतिपक्षीले जतिसुकै आलोचना र बिरोध गरे पनि अस्ती बुधवार रास्वपाका सभापति रवि लामिछानेले संसदमा बोल्दै सरकारलाई ठूलो बल दिएका छन् । पीडितले जीवन बाँच्नसक्नेगरी काम गर्न सुझाव दिएका छन् । प्रतिपक्षीले जतिसुकै रास्वपा फुट्छ, फुट्छ भनेर झ्याली पिटे पनि सभापतिको अभिव्यक्तिपछि सबैले बुझे– रास्वपा एक छ, एकढिक्का छ । रास्वपाले केही गर्छ ।
सामाजिक सञ्जाल र प्रतिपक्षीको कुरा सुन्दा लाग्छ, रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । कुनै पनि बेला रास्वपा फुट्छ । रास्वपा फुट्छ भनेर आश गर्नु र स्यालले साँढेको झर्छ र खाउँला भन्नु उस्तै उस्तै हो भन्छन् विश्लेषकहरु । झिङ्गाको सरापले डिङ्गो मर्दैन भन्ने समाजको उखान र दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् भन्ने भनाई उस्तै उस्तै लाग्छ । बालेन मधेशको छोरो भए पनि राष्ट्रले विश्वास ग¥यो, उसको राष्ट्रवादमा भर ग¥यो र ५ वर्षका लागि रास्वपालाई काम गर्ने अपार मतादेश दियो । नेपालको इतिहासमै यति ठूलो जनादेश पाउने रास्वपा भाग्यमानी पार्टी हो । पुराना दलहरु कतिसम्म अन्याय गरेका रहेछन्, शासन सत्ताको दुरुपयोग गरेका रहेछन् र जनता आक्रोसित भएर यसखालको चुनावी परिणाम दिए । यसैलाई भनिन्छ, प्रजातन्त्रमा जनता निर्णायक हुन् । जब जनताले निर्णय गर्छन्, आवाज आउँदैन तर परिस्थितिले यू टर्न लिन्छ ।
नेपालको वर्तमान परिदृश्य यही हो । काम गर्न सक्दैन, गरेन भनेर प्रतिपक्षीहरु राँडी रुवाई गरिरहेकै छन् । यथार्थ के पनि हो भने हत्केलामा तोरी उम्रदैन । कर्म गर्नैपर्छ, राजनीतिमा त इमान र कर्म दुबै चाहिन्छ । अहिलेसम्म बालेन सरकारले काम गर्न नसकेकोमा आलोचना धेरै भइरहेकै छ । तर बालेन सरकारको इमानमा चोट लागेको छैन, यसकारण जनताको भरविश्वास कायम छ । अझै पनि बालेन सरकारले गर्छ, सुशासन र समृद्धि ल्याउँछ, परिवर्तनको आभाष गराउछ भन्ने जनतालाई लागेकै छ ।
यसकारण चियाको कपमा आँधी आए पनि केही फरक परेको छैन । काम गर्न सकेन भने हल्लिएको दाँत एकदिन फुक्लन्छ फुक्लन्छ । रास्वपा र बालेन सरकार पनि ढल्छ । हेक्का रहोस्, इतिहासले जिम्मेवारी दिएको छ, रास्वपा र बालेन सरकारले परिवर्तन ल्याउनैपर्छ ।
हो, दुई वर्ष विदेश भ्रमणमा नजाने निधो गरेर रातदिन सुशासनका लागि खटिरहेका प्रधानमन्त्री बालेन साह अन्ततः भोटेकोशीले राष्ट्रलाई महाविपद्मा पारिदिएपछि राष्ट्रसंघको शिखर सम्मेलनमा जान तैयार भएका हुन् । यसको होमवर्क पनि सुरु भइसकेको छ । प्रम बालेन साह इतिहासमै सबैभन्दा सानो टोलीका साथ राष्ट्रसंघ पुग्ने, संवोधन गर्ने र विश्वको ध्यान नेपालको विपद्तिर तानेर नेपालले जलवायु परिवर्तनको कारण भोग्नुपरेको महाविपद्को क्षतिपूर्तिको न्याय पाउनुपर्ने आवाज उठाउने र तत्काल स्वदेश फर्कने तालिकासहित परराष्ट्रले जनाउ दिएको छ ।
राष्ट्रसंघमा यस्ता सम्मेलन वर्षेनी भइरहन्छन् । ०४६ सालपछि हरेक वर्ष प्रधानमन्त्री राष्ट्रसंघ पुग्ने, अमेरिकी राष्ट्रपतिसँग हाईहलो गरेर फोटो खिच्ने र फर्कने परम्पराजस्तै बनेको थियो । गतसाल जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री गएनन्, यसपल्ट परिस्थिति साह्रै जटिल बनेको छ र त्यो जटिलताको कारण औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको कार्वनका कारण हिमाल पग्लिएको, हिमनदी फुटेको, बाढीले नेपाललाई अस्तव्यस्त, ध्वस्त पारेको परिदृश्य देखाएर नेपाल अन्यायमा परेको आवाज राष्ट्रसंघमा पहिलोपल्ट उठ्नेवाला छ । यसको बेसब्रीसँग प्रतिक्षा भइरहेको छ ।
पृथ्वीको वातावरणलाई दुस्प्रभाव पार्ने कार्वन उत्सर्जन गर्ने राष्ट्रहरूको पहिलो नम्बरमा चीन, दोस्रोमा अमेरिका, तेस्रोमा भारत र अन्य औद्योगिक राष्ट्रहरू छन् । नेपालले कार्वन उत्सर्जनमा नगण्य भूमिकामा छ । यसकारण विश्वका वातावरणविदहरूले नेपालमाथि अन्याय भएको र क्षतिपूर्ति दिनुपर्छ भन्ने आवाज उठाइरहेका छन् । नेपाल स्वयंले यस्तो आवाज उठाउने भएको छ ।
बाढीको विपद् आएपछि छिमेकी चीन, भारत र अमेरिका लगायतका दर्जनौं राष्ट्रहरूले राहत सामग्री, नगद सहयोग गरेको छन्, घोषणा पनि गरिरहेका छन् । तर मागेको भीख, बाटैमा ठिक भनेझैं दान दातव्यले क्षणिक रूपमा पीडितको घाउमा मलम लगाउन उद्धार र राहतमा सहयोग होला तर पूर्वाधार पुननिर्माणमा हात्तीको मुखमा जिरा हुनेछ । पुननिर्माण आफैले गर्नुपर्नेछ । तर अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि जलवायु परिवर्तनको मार परेको, अन्याय भएको अनुभूत गर्नुप¥यो र न्याय दिलाउनु पर्नेछ । नेपाल राष्ट्रसंघको १९५५ देखिको सदस्य राष्ट्र हो । यो आधारमा पनि राष्ट्रसंघमा नेपालले उठाउने आवाज विश्वले सुन्ने छ र नेपालले खोजेको न्यायमा विश्व जगतको सद्भाव र सहयोग, समर्थन रहनमा संशय छैन ।
राष्ट्रसंघमा नेपालले के बोल्छ भन्ने कुराको ०४६ सालपछि कसैले मतलव नै राख्ने गरेका थिएनन् । कि त राजा महेन्द्र, कि वीरेन्द्रले राष्ट्र संघमा बोल्छन् भनेपछि विश्वले कान ठाडो पारेर सुन्ने गरेका थिए । बहुदल र लोकतन्त्रमा नेपालले के बोल्छ भनेर कुनै पनि मुलुकले ध्यान दिने गरेका थिएनन् । बोल्नका लागि जाने, फोटो खिचाएर आउने परम्परा भइसकेको थियो । तर यसपल्ट राष्ट्रसंघमा जनताले ऐतिहासिक समर्थन गरेका युवा प्रधानमन्त्री बालेन साहले के भन्छन्, के बोल्छन् भनेर नेपाललाई विश्वले ध्यान दिनेछ । प्रम बालेन साह विश्वको ध्यान आकृष्ठ गर्ने तैयारी गर्दैछन् । नेपालको ऐतिहासिक आवाज ऐतिहासिक बनोस् भन्ने सिङ्गो नेपालको अपेक्षा रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असोज ६ गते बोल्नेछन् र त्यही दिन पार्टी पनि दिनेछन् । यो पार्टीलाई विशेष मानिन्छ । त्यो पार्टीमा नेपालको प्रतिनिधित्व प्रम बालेनले गर्नेछन् । फोटो सेसन पनि होला । तर बालेन साह विदेश भ्रमण र फोटो सेसनका लागि अथवा न्यूयोर्कको चमक धमक हेर्न जान लागेका होइनन् । जसरी न्यूयोर्कका मेयर ममदानी अमेरिका र विश्वभरि चर्चित छन्, नेपालका मेयरापछि प्रम बनेका बालेन साह पनि विश्वभरि चर्चित छन् । यी दुबै हिपप गायनबाट राजनीतिमा आएका हुन् । यी दुईको भेटवार्ता पनि महत्वपूर्ण नै मानिने छ । साह्रै छोटो समयका लागि अमेरिका जान लागेका बालेन साहको प्रत्येक कृयाकलापमा विपक्षीहरूले आँखा च्याती च्याती निगरानी गरिरहनेछन् । त्यसै पनि बालेन साहलाई अमेरिकी समर्थन रहेको छ भन्ने गरिएको छ ।
नेपालले बोल्नेछ । नेपालको आवाजको ओजनको मापन तत्काल राष्ट्रको बैठकबाटै देखिनेछ । मूल कुरो प्रम बालेन साहलाई राष्ट्रपति ट्रम्पले भेट्छन् कि भेट्दैनन् ? साइड लाइनमा अमेरिकी अधिकारीहरूसँग भेट हुनेछ । विश्वका नेताहरूसँग पनि साइड लाइनमै भेटवार्ता हुनेछ । ट्रम्पले विशेष भेट दिए भने त्यो धेरै अर्थपूर्ण हुनेछ । नेपालको बाढीको भिडियो हेरेर नेपालले जे माग्छ, नेपाललाई जे चाहिन्छ, दिन तैयार छौं भन्ने अमेरिकी राष्ट्रपतिले प्रम बालेन साहसँग भेटवार्ता गरे भने त्यो नेपालका लागि उपलव्धिपूर्ण हुनेछ ।
सरकारलाई सफलता मिल्नुपर्छ । नेपालले न्याय पाउनुपर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports