गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाको बैठकमा सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

650
shares

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले दिगंवत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोकप्रस्ताव पारित गरेको छ । बिहीबार दिउँसो साढे २ बजे बसेको बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।

५ मिनेट बसेको बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेता नेम्वाङको संक्षिप्त जीवनयात्रा प्रस्तुत गरेका थिए । त्यसपछि शोक प्रस्ताव पस्तुत गरेका थिए । सांसदहरुले हात उठाएर उक्त प्रस्तावको समर्थन गरेका थिए । नेता नेम्वाङगको गत मंगलबार राती निधन भएको थियो ।  यस्तै राष्ट्रिय सभाको बैठक असोज १२ गते दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports