विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायपरिषदको बैठक कुनै निर्णय नगरी सकियो

494
shares

काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतका मुख्य न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । न्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको परिषद स्रोतले जनाएको छ ।

परिषदका एक सदस्यका अनुसार सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गर्नुपर्ने ६ मध्ये कुन क्लस्टरबाट कतिजना न्यायाधीश लैजाने र छनोटको मापदण्ड के बनाउने भन्ने विषयमा छलफल चलिरहेको र टुंगोमा नपुगेकाले निर्णय हुन नसकेको हो ।

शुक्रबार न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । उच्च अदालतमा अझै २९, उच्च अदालतको मुख्य न्यायाधीशमा ६ र सर्वोच्च अदालतमा पनि ६ जना न्यायाधीश पद रिक्त छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports