linktrix Long Ad
Salt Trading Long Ad

५ वर्षीय बालक निधन प्रकरण : फरार चालक र मोटरसाइकल नियन्त्रणमा

689
shares

सुर्खेत । शनिवार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ। प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ वर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकलको ठक्करबाट शनिवार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ वर्षीय दिग्दर्शन पुरीको निधन भएको थियो। यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपूको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको थियो।

घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports