विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर धितो कर्जामा १२ करोडको सीमा बढ्यो, अरू के मा बढ्यो ?

520
shares

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् ।

यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो ।

गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमामा परिमार्जन गर्न तयार भएको थियो । सो दिन अर्थमन्त्री डा. प्रकाशकरण महतले नै भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएको भन्दै अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताएका थिए । त्यसका लागि राष्ट्र बैंक लचिलो बन्नुपर्ने भन्दै अर्थमन्त्री महतले गभर्नर सेयर धितो कर्जामा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमाले अर्थतन्त्रमा कुनै फाइदा नभएकाले सकेसम्म कुनै सीमा नै नराख्न र राख्नै पर्ने भए १८-२० करोडको सीमा राख्न अनुरोध गरेका थिए । सो बैठकमा गभर्नर अधिकारीले पनि १२ करोडको सीमाले गर्दा नै आफैं सबैका तारो बनेको भन्दै त्यसमा संशोधन गर्ने बताएका थिए । ‘१२ करोडको सीमाले गर्दा सबैको गालीको पात्र बनेको छु । सीमा हटाएपछि गाली गर्ने पात्र पनि फेरिएला नि ?,’ गभर्नरले त्यसबेला भनेका थिए । सोही दिनको सहमित अनुसारकै सर्कुलर राष्ट्रबैंकले सार्वजनिक गरेको हो ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports