linktrix Long Ad
Salt Trading Long Ad

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घट्यो

806
shares

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ। आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports